काठमाडौं । थप उपचारका लागि चीन गएका नेकपा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्यादेखि पनि उनी निर्वाचन लगतै उपचारका लागि चीन गएका थिए।
उनलाई क्वारेन्टिनमा राखेर उपचार गरिएको थियो । सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुनको जटिल प्रकारको वंशाणुगत जण्डिसको उपचार भएको हो।
स्वास्थ्यमा सुधार आएकोले उनी एक साताभित्रै नेपाल आउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । उनको साथमा पत्नी ओनसरी घर्तीमगर पनि छिन्।






