​लोकतान्त्रिक विद्यार्थी संघ गौशाला इन्जिनियरिङ क्याम्पस एकाई समिति गठन

२०८२ भाद्र ४, बुधबार १८:३६

जनकपुरधाम ,भाद्र ४ :राजर्षि जनक विश्वविद्यालय को आङ्गिक क्याम्पस, गौशाला इन्जिनियरिङ क्याम्पसमा लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघ को एकाई समिति सर्वसम्मतिले गठन गरिएको छ। बुधबार सम्पन्न कार्यक्रममा विद्यार्थी नेता तथा विद्यार्थीहरूको उपस्थितिमा नयाँ नेतृत्व चयन गरिएको हो।

गठन गरिएको समितिको अध्यक्षमा अनिरुध यादव चयन भएका छन्। उपाध्यक्षमा अविनाश यादव दिपेश यादव, सतेन्द्र चौधरी र सुभास चन्द्र साह रहेका छन्। त्यस्तै सचिवमा दिप कुमार यादव, सह–सचिवमा कनक मिश्र र कोषाध्यक्षमा आदर्श निधि रहेका छन्। यी पदाधिकारी सहित ३५ सदस्यीय समिति सर्वसम्मतिले गठन गरिएको हो।

समिति गठन कार्यक्रममा राजर्षि जनक विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति प्रवेश यादव, लोकतान्त्रिक विद्यार्थी संघ महोत्तरी जिल्ला अध्यक्ष धिरेन्द्र मण्डल, लोकतान्त्रिक विद्यार्थी संघ राजर्षि जनक विश्वविद्यालय समिति अध्यक्ष जगमोहन गुप्ता, स्ववियु उपसभापति सुरेन्द्र दास, विद्यार्थी नेता सुबोध गुप्ता, अविनाश साह, अन्कित यादवलगायतको उपस्थिति थियो।

समितिलाई बधाई दिँदै स्ववियु सभापति प्रवेश यादवले विद्यार्थी संगठनहरूले विश्वविद्यालयमा सुधार, पारदर्शिता र उत्तरदायित्व कायम गर्नुपर्ने बताउँदै भने विद्यार्थी अधिकार र कर्तव्यलाई सन्तुलन गर्दै अघि बढ्दा मात्र संगठन प्रभावकारी हुन्छ। लोकतान्त्रिक विद्यार्थी संघले हरेक विद्यार्थीको आवाजलाई सम्बोधन गर्ने जिम्मेवारी बोकेको छ।

त्यस्तै, उहाँले क्याम्पसमा शैक्षिक गुणस्तर वृद्धि, आवश्यक पूर्वाधार विकास र विद्यार्थी–मैत्री वातावरण निर्माणका लागि नयाँ नेतृत्वले उदाहरणीय काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

नवगठित इकाई समितिले विद्यार्थी हकहितलाई पहिलो प्राथमिकता दिने र संगठनलाई संस्थागत रुपमा सबल बनाउन निरन्तर क्रियाशील रहने घोषणा गरेको छ। समितिले आगामी दिनमा शैक्षिक, सामाजिक र सांस्कृतिक गतिविधिमार्फत विद्यार्थी एकता र सशक्तीकरणलाई अघि बढाउने प्रतिवद्धता पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?