गौर–सिरसिया सडकमा सुटकेशभित्र महिलाको शव फेला

२०८२ भाद्र ७, शनिबार २३:४५

रौतहट, भदौ ७ । गौर–सिरसिया सडकखण्डको मुडवालाबा मोड नजिक आज  एक सुटकेशभित्र महिलाको शव भेटिएको छ।

प्रहरीका अनुसार उक्त सुटकेश रस्सीले बाँधिएको अवस्थामा भेटिएको थियो। खोलेपछि भित्र महिलाको शव देखिएको र शवमा साडी छिरिएको पाइएको छ। यस आधारमा प्रहरीले महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रारम्भिक आशंका गरेको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका साथै सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ र थप अनुसन्धान जारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?