दलीय व्यवस्थाको विकल्प छैन : देव गुरुङ

२०७९ पुष १, शुक्रबार ०९:५३

काठमाडौं । सत्ता गठबन्धनका मुख्य घटक नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपतिका विषयमा दल बाहिरबाट सोच्न नहुने बताएका छन् ।

शुक्रबार संवाद डबलीमा आयोजित एक राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्दै उने भने, ‘राष्ट्रपतिका विषयमा दल बाहिरबट सोच्नु हुँदैन ।’

त्यसअघि उनले भने, ‘संस्थागतरूपमा त मैले कुनै जानकारी पाएको छैन । तर, सञ्चारमाध्यममा देखेअनुसार राष्ट्रपतिका विषयमा दल बाहिरबाट सोचिएको हुनसक्छ । मैले व्यक्तिगतरूपमा दल बाहिरबाट सोच्नु हुँदैन भनेर भन्छु ।

दलीय व्यवस्थाको विकल्प दलीय व्यवस्था नै हो । किन भन्नुपर्‍यो यो व्यवस्था असफल भयो भनेर । नभए अन्तर-कुन्तर पनि यस्तो सोच राख्नु हुँदैन ।’

उनले दलका नेताहरूबाटै विकल्प खोज्नुपर्ने बताए । ‘राष्ट्रपति बन्दाखेरि दल त्यागेर जानुपर्ने मान्यता एकठाउँमा छँदैछ । तर, फेरि पनि हामीले अवलम्बन गरेको व्यवस्थाले दल बाहिरबाट विकल्प खोज्नु कहिल्यै भन्दैन ।

यदि त्यसो भयो भने गल्ती हुनसक्छ,’ उनले भने ।यदि दल बाहिरबाट विकल्प खोजियो भने त्यो ‘घुँडा-टेकुवावादी’ मनसाय र अभ्यास हुन्छ । ‘हामीले स्वाधीनताको पक्षबाट, राष्ट्रवादी पक्षबाट र वर्तमान व्यवस्थाको पक्षबाट सोच्नुपर्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?