विवाह पञ्चमी महोत्सवको अवसरमा ऐतिहासिक जानकी मन्दिर अहिले झिलिमिली

२०८२ मंसिर ६, शनिबार १६:०४

जनकपुरधाम, मंसिर ६।सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको अवसरमा ऐतिहासिक जानकी मन्दिर अहिले झिलिमिली बत्तीले ‘जगमग’ बनेको छ। भगवान् राम र माता सीताको विवाह उत्सव मनाउन मन्दिरलाई दुलहीझैँ सिङ्गारिएको छ।

 

मन्दिर परिसर र आसपासका क्षेत्रमा जडान गरिएका रङ्गीचङ्गी विद्युतीय बत्तीहरूले रातको समयमा जानकी मन्दिरको सौन्दर्य अझ थपेको छ। यो मनमोहक दृश्य हेर्न र तस्बिर खिच्न साँझपख भक्तजन तथा पर्यटकहरूको बाक्लो घुइँचो लाग्न थालेको छ। सिङ्गो जनकपुरधाम यतिबेला विवाहको उत्सवमा रमेको छ भने मन्दिर क्षेत्रको सजावटले सबैको मन लोभ्याइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?