जनमत पार्टीद्वारा सप्तरीमा क्षेत्रीय बैठक सम्पन्न, डा. सिके राउत सर्वसम्मत सिफारिस

२०८२ पुष १, मंगलवार १३:१०

जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार मंसिर २९ गते सोमबार देशभर एकैसाथ प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय बैठकहरू सम्पन्न भएका छन्। सोही क्रममा सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राजविराजस्थित जनमत पार्टीको कार्यालयमा क्षेत्रीय बैठक सम्पन्न भएको छ।

बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। स्थानीय नेता–कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको व्यापक सहभागितामा सम्पन्न बैठकमा डा. राउतप्रति रहेको जनविश्वास, नेतृत्व क्षमता र राजनीतिक प्रतिबद्धताको उच्च मूल्याङ्कन गरिएको थियो।

त्यसैगरी, सप्तरी निर्वाचन क्षेत्र नं. १ बाट पनि प्रतिनिधिसभा निर्वाचनका लागि डा. सिके राउत र पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. जयकान्त राउतको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. १ का नेता–कार्यकर्ताहरूले दुवै नेताको योगदान, संगठन विस्तारमा खेलेको भूमिका र मधेश केन्द्रित मुद्दामा देखाएको स्पष्ट अडानलाई आधार मानेर नाम सिफारिस गरेका हुन्।

पार्टीभित्र उम्मेदवार सिफारिस प्रक्रिया सहमति र एकताका आधारमा अगाडि बढ्नुले जनमत पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक मजबुती र आगामी निर्वाचनप्रतिको तयारीलाई थप सुदृढ बनाएको देखिन्छ। यसले सप्तरी मात्र नभई समग्र मधेशमा जनमत पार्टीप्रतिको जनसमर्थन बढ्दो क्रममा रहेको सन्देश समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?