तिलाठी–कोइलाडी–२ लौनियाँमा वडा कार्यालय भवन उद्घाटन

२०८२ माघ १, बिहीबार १८:२५

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–२ लौनियाँमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

बिहीबार आयोजित कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री महेश कुमार यादवले भवनको औपचारिक उद्घाटन गर्नुभयो ।

वडाध्यक्ष कमल कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री यादवले संघीय व्यवस्थामा स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै सेवा र विकास प्रभावकारी बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नवनिर्मित वडा कार्यालय सञ्चालनमा आएपछि स्थानीयवासीलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि,नेता,कार्यकर्ता तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?