प्रहरी चौकी नजिकै मध्यरातमा चोरी, जलेश्वरमा लाखौँको नगद र गरगहना लुटियो

२०८२ माघ २, शुक्रबार १५:०९

महोत्तरी ,माघ २। जलेश्वरमा बुधबार मध्यराति चोरीको घटना भएको छ। जलेश्वर नगरपालिका–२ अन्तर्गत जिरोमाइल चोकमा रहेको स्थानीय राजिव सिंहको घरमा अज्ञात समूहले लाखौँ रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी गरेको हो।

पीडितका अनुसार चोर समूहले घरको मुख्य ढोका फोडी भित्र प्रवेश गरेका थिए। त्यसपछि दराजहरू तोडफोड गरी नगद र गरगहना चोरी गरिएको जनाइएको छ। चोरीबाट दराजमा राखिएको ३५ हजार रुपैयाँ नगद, करिब ५ तोला सुनका गहना तथा विभिन्न चाँदीका गहना हराएको पीडितले बताएका छन्।

उक्त घटना प्रहरी ड्युटीमा रहेको स्थानबाट ५० मिटरभन्दा कम दूरीमै भएको भए पनि चोरी हुनुले स्थानीयवासीहरूमा सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?