सनोज यादव ,जनकपुरधाम ,माघ २७। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका दिवाकर शाहले आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिनुभएको छ। निर्वाचन आयोगले आधिकारिक मतपत्रको नमुना सार्वजनिक गरेसँगै उम्मेदवार शाहले आफ्नो निर्वाचन चिह्न ‘आँप’ लाई मतदातामाझ लैजान सुरु गर्नुभएको हो।
सार्वजनिक गरिएको मतपत्रको नमुना अनुसार, उम्मेदवार शाहको निर्वाचन चिह्न ‘आँप’ पाँचौँ लाइनको चौथो कोठामा अवस्थित छ। मतदान प्रक्रियालाई सहज बनाउन र मतदाताहरूमा हुन सक्ने अन्योल हटाउनका लागि उम्मेदवारको सचिवालयले यो नमुना मतपत्र मार्फत मतदाता शिक्षालाई प्राथमिकता दिएको छ।
धनुषा क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार शाहको उपस्थितिलाई स्थानीय स्तरमा निकै चासोका साथ हेरिएको छ। विकास, सुशासन र जनसेवाको एजेन्डासहित चुनावी मैदानमा उत्रिनुभएका शाहले घरदैलो अभियानका क्रममा आफ्नो निर्वाचन चिह्न र मतपत्रमा यसको स्थानबारे जानकारी गराउँदै मतदान गर्न अपिल गरिरहनुभएको छ।






