जनकपुरधाम माघ २९ :महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरले किचिँदा दुई बालिकाको ज्यान गएको छ। आज दिउँसो भएको उक्त दुर्घटनामा ७ र ८ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो।
प्रहरीका अनुसार मटिहानी–४ निवासी गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको बेला स्थानीय ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका–११ मरडा बस्ने सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन ट्याक्टरमा बसेका थिए। सोही क्रममा दुर्घटना भएको बताइएको छ।






