भंगहा नगरपालिका युवा समाजद्वारा आयोजित कंचनवन होलि महोत्सव २०८२ भव्य रूपमा सम्पन्न

२०८२ फाल्गुन ११, सोमबार २२:२६

जनकपुरधाम फाल्गुन २१: होत्तरीको भंगहा नगरपालिकास्थित कंचनवनमा  भंगहा नगरपालिका युवा समाज को आयोजनामा होलि महोत्सव २०८२ भव्यताका साथ सम्पन्न भएको छ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावका साथ आयोजित उक्त महोत्सवमा सयौँ श्रद्धालु तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

समाजसेवी तथा युवा नेता नरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव रहनु भएको थियो। प्रमुख अतिथिले होलि पर्वले आपसी प्रेम, सद्भाव र एकताको सन्देश दिने उल्लेख गर्दै समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो।

विशिष्ट अतिथिको रूपमा मधेश प्रदेश सांसद तथा महिला तथा बालबालिका समिति सभापति रुपा यादवको उपस्थिति रहेको थियो। उहाँले होलि जस्ता पर्वहरूले सामाजिक एकता मजबुत बनाउने बताउँदै यस्ता सांस्कृतिक कार्यक्रमले स्थानीय पहिचान र परम्पराको संरक्षणमा टेवा पुर्‍याउने धारणा राख्नुभयो।
त्यसैगरी भारत तथा नेपालका विभिन्न मठका महन्थहरू, राजर्षि जनक विश्वविद्यालयका सभापति प्रवेश यादव लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा तीर्थालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा भजन-कीर्तन, सांस्कृतिक प्रस्तुति तथा रंगअविरसँगै होलि उत्सव मनाइएको थियो। आयोजक समितिले कार्यक्रमलाई सभ्य, मर्यादित र भव्य बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, अतिथि तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेको छ।

होलि महोत्सवले कंचनवन क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनका साथै सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?