सल्यान शारदा नगरपालिकाले दियो १ महिने निशुल्क कम्प्युटर तालीम

२०७९ पुष १३, बुधबार ०५:०५

हेमन्त पौडेल, पुष १३,  सल्यान जिल्लाको शारदा नगरपालिका १,श्रीनगरमा आधारभुत कम्प्यूटर सम्बन्धी तालिम उद्घाटन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोग र सल्यान प्राविधिक शिक्षालयको आयोजनामा आधारभुत एकमहिने कम्प्यूटर सम्बन्धी तालिमको उद्घाटन गरिएको हो । यो कार्यक्रम शारदा नगरपालिका १,का कम्प्यूटर सिप सम्बन्धी ज्ञान नभएका महिला,प्ुरुष तथा लक्षित समुहलाई दक्ष बनाउने उद्देश्यका साथ संचालन गरिएको हो । सल्यान प्राविधिक शिक्षालयका संचालक मोहन प्रकाश वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख तथा नगरपालिका महासंघका केन्द्रिय सदस्य प्रकाश भण्डारी,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यलय सल्यानका प्रमुख नृप जंग शाही,वडा नं १ का अध्यक्ष प्रदिप कुमार पाण्डे लगाएतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले कम्प्युटर सिप आजको आवश्यकता भएको र यसमा लगानी गर्न सबै निकायले जोड दिनुपर्ने बताएका छन् । उक्त कार्यक्रमको सहजिकरण सल्यान प्राविधिक शिक्षालयमा कम्प्युटर विषयमा अध्ययनरत छात्र छात्राले गरेका थिए भने कार्यक्रमको संचालन सल्यान प्राविधिक शिक्षालयका कम्प्युटर शिक्षक प्रेम वलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?