सडकमा छाडा गाईबस्तुको राज, गौशाला खाली, कर्मचारी कार्यरत, चारा खर्च जारी ,कहेले सम्म हुन्छ यसको व्यवस्थपन …?

२०८२ फाल्गुन २९, शुक्रबार ११:०२

जनकपुरधाम फाल्गुन २९:  मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित व्यस्त रमानन्द चोकमा छाडा गाईबस्तुका कारण ट्राफिक अस्तव्यस्त बन्दै गएको छ। सडकमा गाईबस्तु जथाभावी बस्ने तथा हिँड्ने गर्दा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ, जसले सर्वसाधारणलाई दैनिक आवतजावतमा सास्ती दिएको छ।

स्थानीयवासीका अनुसार गाईबस्तु व्यवस्थापनको नाममा गौशाला निर्माण र कर्मचारीमा ठूलो रकम खर्च गरिएको भए पनि सडकको अवस्था भने परिवर्तन हुन सकेको छैन। मेयरले ५० प्रतिशत समस्या नियन्त्रणमा आएको दाबी गरे पनि व्यवहारमा त्यस्तो अनुभूति नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?