इट्टाभट्टादेखि संसदसम्म : धनुषाकी रुबिना कुमारी ठाकुर २५ वर्षमै समानुपातिक सांसद

२०८२ चैत्र ३, मंगलवार ११:०६

चैत्र ४ : धनुषाकी रुबिना कुमारी ठाकुर २५ वर्षको उमेरमै श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बन्न सफल भएकी छन्। सामान्य परिवारमा जन्मिएकी ठाकुरलाई उनका आमाबुवाले इट्टाभट्टामा मजदुरी गर्दै र अर्काको सैलुनमा कपाल काट्ने काम गरेर पढाएका थिए।

आर्थिक अभावका बीच पनि उनले इन्जिनियरिङ अध्ययन पूरा गर्दै आफ्नो लक्ष्यलाई निरन्तर पछ्याइन्। लामो संघर्ष र मेहनतपछि उनी अहिले संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्।

उनको यो उपलब्धिलाई संघर्षबाट सफलता हासिल गर्ने उदाहरणका रूपमा लिइएको छ, जसले धेरै युवा युवतीलाई प्रेरणा दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?