मुद्दा फिर्ता निर्णयविरुद्ध रिट: लामिछानेको केसमा आज सुनुवाइ

२०८२ चैत्र ९, सोमबार ११:२५

चैत्र ९ : रास्वपा सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा दायर अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले यसअघि मुद्दा फिर्ता गर्ने निर्णय किन र कसरी संशोधन गरियो भन्नेबारे फाइल झिकाउन आदेश दिएको थियो। त्यसअनुसार महान्यायाधिवक्ताको कार्यालयले आइतबार आवश्यक फाइल सर्वोच्चमा बुझाएको छ।

 

सोही फाइल अध्ययनपछि आज मुद्दाको थप सुनुवाइ अघि बढ्नेछ, जसले लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय कानुनी रूपमा टिक्छ कि उल्टिन्छ भन्ने कुरामा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?