प्रधानमन्त्री शाहलाई ओलीको शुभकामना, सफल कार्यकालको कामना

२०८२ चैत्र १३, शुक्रबार १७:४४

चैत्र १३ :नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित नवगठित मन्त्रिपरिषद्का सदस्यहरूलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शाहलाई हार्दिक बधाइ दिँदै नयाँ सरकारको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। साथै उहाँले मन्त्रिपरिषद्का सबै सदस्यलाई पनि सफल कार्यकालको कामना गर्नुभएको उल्लेख गर्नुभएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?