सरकारद्वारा भदौ २४ घटनाको छानबिनका लागि विशेष समिति गठन गर्ने निर्णय

२०८२ चैत्र १४, शनिबार २१:५४

काठमाडौँ ,चैत्र १४। सरकारले भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने निर्णय गरेको छ।

 

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’मा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते व्यापक जनधनको क्षति भएको थियो।

 

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई सिफारिस गरेअनुसार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले समिति गठन गर्ने निर्णय गरेको हो। आयोगले भदौ २३ गतेसँग सम्बन्धित विषयमा बढी केन्द्रित भएर प्रतिवेदन दिएको थियो भने भदौ २४ गतेको घटनामा थप छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?