लालगढमा APF इन्स्पेक्टर ४० हजार घुससहित रंगेहात पक्राउ

२०८२ चैत्र २०, शुक्रबार १४:१३

धनुषा चैत्र २० — धनुषाको लालगढबाट सशस्त्र प्रहरी बल (APF) का एक इन्स्पेक्टर ४० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

 

प्राप्त जानकारी अनुसार, ठेक्कासम्बन्धी काम मिलाइदिने नाममा इन्स्पेक्टरले सेवाग्राहीसँग रकम लिइरहेका बेला अख्तियारको टोलीले निगरानीका क्रममा उनलाई ४० हजार रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।

 

पक्राउ परेका इन्स्पेक्टरमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ। घुस प्रकरण सम्बन्धी विस्तृत विवरण भने अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?