मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर

२०८२ चैत्र ३०, सोमबार १६:५८

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी छन् । मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

उनको श्रीमान्‍सँग पल्सर मोटरसाइकल रहेको उल्लेख छ । नगद ५० हजार रुपैयाँ र बैंककमा उनी र श्रीमान्‍को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ । उक्त सुन(चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री वादीको नाममा सुर्खेतमा ८९।६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?