काठमाडौँ चैत्र ३०। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै बालेन शाह नेतृत्वप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत पूर्वराजा शाहले विशेषगरी युवा नेतृत्वको प्रशंसा गर्दै पढे–लेखेका र प्रविधिमा जानकार युवाले देशलाई सही दिशामा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनले वर्तमान अवस्थामा नयाँ सोच र ऊर्जासहितको नेतृत्व आवश्यक रहेको पनि बताएका छन्।
विगतमा राजनीतिक दलहरू र तिनको कार्यशैलीप्रति आलोचनात्मक रूपमा प्रस्तुत हुँदै आएका पूर्वराजा यसपटक भने तुलनात्मक रूपमा नरम र आशावादी देखिएका छन्। बालेन शाह नेतृत्वप्रति देखिएको सकारात्मक धारणा पछिल्लो राजनीतिक परिवेशमा चासोको विषय बनेको छ।
उनको यो अभिव्यक्तिलाई कतिपयले बदलिँदो राजनीतिक संकेतका रूपमा समेत व्याख्या गर्न थालेका छन्।






