काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीबाट एक सुकुमबासी नेता पक्राउ परेका छन्। सरकारले बस्ती हटाउने तयारी तीव्र बनाएसँगै सो क्षेत्रमा प्रदर्शन चर्किएको थियो।
प्रदर्शनकै क्रममा सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनेर चिनिने नारायण परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
प्रहरीका अनुसार परियार २०७९ सालदेखि ज्यान मार्ने र बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहँदै आएका थिए।






