काठमाडौँ: रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई मन्त्रिपरिषद्ले पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
यसअघि सिफारिस गरिएका ८ मध्ये ७ वटा अध्यादेश स्वीकृत भए पनि उक्त अध्यादेश राष्ट्रपतिले फिर्ता पठाउनुभएको थियो। सोमबार बसेको बैठकले कुनै परिवर्तन नगरी जस्ताको तस्तै पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।






