छिन्नमस्तामा वित्तीय साक्षरता गोष्ठी सम्पन्न, आर्थिक सशक्तीकरणमा जोड

२०८३ बैशाख २८, सोमबार २२:१५

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आयोजित वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वित्तीय अनुशासन, बचतको महत्व, कर्जा व्यवस्थापन तथा उद्यमशीलता विकासका विषयमा सहभागीलाई जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले समुदायस्तरमा वित्तीय चेतना विस्तार गर्दै आत्मनिर्भरता र आर्थिक सशक्तीकरणलाई मजबुत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए। साथै सेवाग्राहीलाई जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह गरिएको थियो।

सानो देवी खङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक सुरेश कुमार चौधरी, संस्थाको केन्द्रीय कार्यालयअन्तर्गत कर्जा सञ्चालन तथा मानव संसाधन विभागका विभागीय प्रमुख रमेश कुमार चौधरीलगायतले वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षणमूलक जानकारी दिएका थिए।

त्यसैगरी नेपाल प्रहरीका वरिष्ठ हवल्दार जय नारायण यादव, हवल्दार हिरा श्रेष्ठ, ग्लोबल आइएमई बैंक छिन्नमस्ता शाखाका शाखा प्रमुख रोशन यादव, महिला अधिकारकर्मी सबिता न्यौपाने तथा स्थानीय समुदाय, केन्द्र प्रमुख र सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले वित्तीय ज्ञानले दैनिक जीवन तथा व्यवसाय सञ्चालनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?