जनकपुरधाम:नयाँ व्यवसाय सुरु गर्न चाहने युवाका लागि सरकारले आकर्षक अवसर ल्याएको छ। अब नवीन सोच र व्यावसायिक योजनासहित उद्यम गर्न चाहनेले ३ प्रतिशत ब्याजदरमै ५ लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन्।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ४०० जना उद्यमीलाई कर्जा उपलब्ध गराउने लक्ष्यसहित २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
कर्जाको अवधि ५ वर्ष रहनेछ। कृषि, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्रलगायत नवीन व्यवसाय सञ्चालन तथा विस्तार गर्न चाहनेले आवेदन दिन सक्नेछन्।
अब पुँजी अभावकै कारण उद्यम गर्ने सपना रोक्नुपर्ने छैन, नवीन सोच र राम्रो योजनालाई सरकारले सहुलियतपूर्ण कर्जामार्फत साथ दिने भएको छ।







