काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वमा गठित नयाँ केन्द्रीय कार्यसमितिलाई फेरि पनि आधिकारिक मान्यता प्रदान गरेको छ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिसँगै महाधिवेशनले पारित गरेको संशोधित विधान तथा राजनीतिक दस्तावेजहरूलाई समेत आयोगले औपचारिक रूपमा अद्यावधिक गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कांग्रेसले अद्यावधिकका लागि पेस गरेका सम्पूर्ण कागजपत्र, महाधिवेशनका निर्णय र विधान संशोधनसम्बन्धी विवरणहरूको कानुनी अध्ययन गरी आयोगको मङ्गलबारको बैठकले स्वीकृत गर्ने निर्णय गरेको थियो।







