जनमत पार्टीको भ्रातृ संगठन विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन

२०७९ माघ ८, आईतवार १६:४२

सुमित :- जनकपुर
जनमत पार्टीको भ्रातृ संगठन विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन भएको छ ।
आइतवार जनकपुरधाममा बसेको समितिको बैठकले वीरेन्द्र यादवको नेतृत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो । आसन्न स्ववियुको निर्वाचनलाई मध्यनजर गरी यो समितिको गठन गरिएको हो । बैठकमा सहभागी जनमत पार्टीका केन्द्रीय सदस्य शम्भुनाथ साहले जनकपुरमा रहेका तीन ओटै कलेजमा हुने स्ववियुको निर्वाचनमा विजय हुन तथा समिति विस्तार गर्ने उद्देश्यले समिति गठन गरेको बताउनुभयो त्यस्तै, समितिका प्रवक्ता मनिष ठाकुरले कलेजमा हुनेमा हुने पार्टीगत राजनीतिमा सुधार गर्न तदर्थ समिति गठन गरेको बताउनुभयो । समितिका अध्यक्षमा विरेन्द्र यादव, सहअध्यक्षमा संजय साह र अजितकुमार ठाकुर उपाध्यक्षमा कृती झा र अनिश यादव, सचिवमा अपु साह, सहसचिवमा सुरेन्द्र ठाकुर, कोषाध्यक्षमा सचिन यादव र सहकोषाध्यक्षमा श्रुति यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?