संसद भवनअगाडि एक पुरुषले गरे आत्महत्याको प्रयास,

२०७९ माघ १०, मंगलवार १२:११

बानेश्वरस्थित संसद् भवनअगाडि एक व्यक्तिले मंगलवार आफैंलाई आगो लगाएका छन् ।झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ (सम्भावित पेट्रोल) खन्याएर उनले शरीरमा आगो लगाएका हुन् ।

जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उनको नाम प्रेमप्रसाद आचार्य र घर इलाम हो ।
उनको उमेर अन्दाजी ४० वर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?