समाजमा रहेको पितृ सत्तात्मक सोचका कारण महिलाहरु हिंसामा

२०७९ माघ १०, मंगलवार १३:१२

सुमित साह:-  जनकपुर  – राष्ट्रिय महिला आयोगका केन्द्रिय सदस्य जया घिमिरेले समाजमा रहेको पितृ सत्तात्मक सोचका कारण महिलाहरु हिंसामा परेको बतानुभयो।
जनकपुरधाममा राष्ट्रिय महिला आयोग द्वारा महिलाहरुको सुरक्षित बैदेशिक रोजगार विषयमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा राष्ट्रिय महिला आयोगका केन्द्रिय सदस्य जया घिमिरेले समाजमा रहेको पितृ सत्तात्मक सोचका कारण महिलाहरु हिंसामा परेको गुनाशो गर्नुभयो। उहाले आर्थिक समस्याले महिलाहरु वैदशिक रोजगारमा जादा समाजमा रहेको नकारात्मक सोचका कारण दिनप्रतिदिन हिंशा व्यापक हुदैगएको बताउनुभयो।
त्यस्तै जनकपुरधाम उप-महानगरपालिकाका उप प्रमुख किशोरी साहले महिलाहरुलाइ दक्ष बनाउन सर्वप्रथम शिक्षाको स्तर माथि उठाउन आवश्यक रहेको बताउनु भयो । उहाले प्रत्येक घरमा हरेक महिलाको अनिवार्य शिक्षाको प्रणाली ल्याउनु पर्ने बताउनु भयो।
त्यस्तै कार्यक्रममा वैदशिक रोजगार बाट फर्केका एक पिडित महिलाले आफु विदेशमा बस्दा भोगनु परेको समस्याको बारेमा बताउनु भयो। जनकपुरधाम उप-महानगरपालिका वार्ड न. ४ मा बस्ने मुन्नी खातुन आफु २ वर्ष विदेशमा बस्दा आउदा धेर्रै दुख भोगनु परेको बताउनु भयो। उहाले विदेशमा बस्दा आफुलाई कसैसंग कुरा गर्न नदिएको, नियमित परीक्ष्रमिक नदिएको साथै पुन नेपाल फर्किन लाग्दा टिकेट बाहेक अरु केहि नपाएको गुनाशो व्यक्त गर्नुभयो।
कार्यक्रममा महिलाहरुको लागि सुरक्षित वैदशिक रोजगार बारे कुराहरु उठेको थियो। भिविन्न संस्थाका प्रतिनिधिहरुले आफ्नो क्षेत्रबाट कुराहरु राखेका थिए। कार्यक्रममा धनुषाका सहायक जिल्ला अधिकारी, एस पी, लगायत भिविन्न सरोकारवालाहरुको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?