रामदेव मरिकको परिवारलाई इन्चार्ज ऋषिकेश ठाकुरले गरे आर्थिक सहयोग
चन्दन रजक
राजबिराज माघ १२ । जनमत पार्टीको क्षेत्र नं २ को क्षेत्रीय इन्चार्ज ऋषिकेश ठाकुरले सप्तरीको छिन्नमस्ता गाउँपालिका _२ का ४५ वर्षीय रामदेव मरिक डोम रुखमा झुन्डिएर आत्महतिया गरेरको हो। रामदेव मरिककाे परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट गरी एक लाख रुपैयाँ ऋण लिएका उनी किस्ता तिर्न नसक्दा तनावमा थिए।
उहाँले पिडित उर्मिला देवी मरिककाे बैंक खाता नम्बर र चेक उपलब्ध गराइ परिवार बचाउनका लागि आर्थिक सहयोग गर्न आग्रह गरेका छन् ।
मंगलवार विहान क्षेत्रीय इन्चार्ज ऋषिकेश ठाकुरले मृतक मरिकको परिवारलाई ३३०० तीन हजार पाँच सयौं रुपैयाँ पिडित परिवारलाई सानो राहत हुन सकोस भन्ने आशा तथा समवेदना राख्दै सहयोग गरेका छन् । उनले मंगलवार विहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–मरिकको घटनाले स्तब्ध छु । मैले केही आर्थिक सहयोग गरेको छु । समस्त मित्रहरुले पनि उहाँको छोरा र छोरीहरुको लागि सक्दो सहयोग गर्दिनुहोला ।






