हरिपुर्वा नगरपालिकाको सम्पुर्ण काम ठप्प

२०७९ माघ १६, सोमबार ०४:०२

सर्लाही,(कुमार पंकज)।
कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको
हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ ।बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद भएको र त्यस लगत्तैदेखि अनिश्चितकालका नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो । केही वडाध्यक्षहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार न्यौपानेलाई गालीगलौजसहित दुर्व्यवहार गरेको भन्दै कर्मचारीले नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले बताउनुभयो । उनका अनुसार केही वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेबीच सामान्य विवाद भएको थियो |

नगरकार्यपालिकाले भर्ना कार्यविधि तथा छनोट समिति
बनाएर चालक, कार्यालय,सहयोगी र सरसफाइकर्मी गरी करिब ३५ जनाको लागी आवेदन खुलाएको थियो तीन सय जनाले आवेदन दिएका र त्यसबाट खुला प्रतिस्पर्धाबाट का करिब ३५ जना छनोट गरिएको थियो । त्यस क्रममा हरिपुर्वा नगरपालिका-३ का वडाध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग रुष्ट थिए। प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सिर्जना भएको र जसका कारण नगरपालिकाका सम्पूर्ण कर्मचारीले नगरपालिकामा कामकाज ताला लगाएर अनिश्चितकालका लागि ठप्प पारेका छन् । कर्मचारीले दोषी वडाध्यक्षमाथि कारबाहीको माग गर्दै नगरपालिकाकि सबै काम ठप्प परेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?