ADVERTISEMENT

यू–१९ क्रिकेट विश्वकपमा

२०७९ फाल्गुन १८, बिहीबार २२:४२

१८ फागुन, काठमाडौं ।  ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । १९२ रजको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि नेपाली टिम विजय भएका छन । टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको थिए जसमा १९१ रनको लक्ष्य पछ्याएको यूएईका लागि ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले ६७ रनको सुरुवाती साझेदारी गरेका थिए । सक्सेनाले ३४ र शर्माले ३२ रन बनाए । दवावमा आएको नेपालले तीन ओभरको बीचमा तीन विकेट लिँदा २२ ओभरमा यूएई ७२–३ को अवस्थामा पुग्यो ।

त्यसपछि चौथो विकेटका लागि  इथान डिसुजा र ध्रुब परासरले ४२ रनको साझेदारी गरे । परासर १७ रन बनाएर दीपेश कँडेलको बलमा आउट भएपछि आएका अमर बदामीसँग मिलेर डिसुजाले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे । डिसुजाले ६६ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा बदामी १९ रन बनाउँदा रनआउट भए ।

अन्तिम तीन ओभरमा यूएईलाई जितका लागि ११ रन आवश्यक थियो ।तर, दीपेशले लगातार बलमा विकेट लिँदै आफ्नो अभूतपूर्व बलिङ स्पेल पूरा गरे । उनको यही ह्याट्रिक विकेटले नेपाललाई ८ वर्षपछि विश्वकपमा छनोट गरायो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले कप्तानमा देव खनालको अर्धशतक सहयोगमा १९१ रन बनाएको थियो । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि नेपालको ब्याटिङ देव र उत्तम थापा मगरले सम्हालेका थिए । यी दुईले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।देवले ८४ बल खेल्दै ३ चौका र १ छक्कासहित ५१ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाए । मध्यक्रममा आएका विशाल विक्रम केसीले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे ।

दिपेश कँडेल १५ रन बनाए ,हेमन्त धामीले १३ रन जोडे । यूएईका लागि ध्रुव पारासारले ३ ,

 

 

हरित सेट्टी, कप्तान आयान खानले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?