यूएईलाई दियो २३५ रनको लक्ष्य

२०७९ चैत्र १, बुधबार ०९:००

चैत्र १ काठमान्डौ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ शृङ्खलाअन्तर्गत  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको छ । पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए। ९५ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे।

कम रन मा विकेट गुमाएका भालाले किप्लिन डोरिगासँग तेस्रो विकेटका लागि ४१ रन र चौथो विकेटका लागि चार्ल्स एमिनीसँग ५३ रनको साझोदारी गरेका थिए । यूएईका लागि हजरत विलला एक्लैले ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४७ रन खर्चिए। रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए।

त्यसको जवाफमा यूएई ले दश अभरमा एक विकेट गुमाएर ५६ रन बनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?