सर्लाहीको एक विद्यालयले पाँच शिक्षकलाई एकै साथ गेर बिदाइ

२०८० बैशाख २५, सोमबार ०९:२०

सर्लाही(कुमार पंकज)। सर्लाही जिल्लाको पर्सा गाउँपालिका-२ संग्रामपुर स्थित श्री नेपाल राष्ट्रिय बैजु जनता माध्यमिक विद्यालयमा कार्य गरेका पाँच जना शिक्षकहरुलाई सम्मान गरी बिदाइ गरिएको छ ।

सोमबार विद्यालयमा आयोजित शिक्षक बिदाइ तथा सम्मान कार्यक्रममा शिक्षकहरुलाई फुल,माला,टिका, खादा र पन्चबस्त्र प्रदान गरि सम्मान गर्दै बिदाइ गरेका हो । बिदाई हुने शिक्षकहरुमा रामप्रताप राय,रामप्रकाश राय,देवकृष्ण झा, पुर्व प्र.अ. मुनिलाल मण्डल र रामन्न्दन महतो रहेका हुन ।

यस बिधालयमा २०७३ देखि २०८० साल सम्म अवकास प्रयाप्त शिक्षकहरुलाई बिदाई नभएको हुदा शिक्षकहरु निरुत्साहित भएको महसुस गरेको थिए । तर यस बर्ष सबै शिक्षकहरु लाई स्थानीय जनप्रतिनिधि वार्ड अध्यक्ष राकेश राम र नि-वर्तमान प्र.अ सुरेन्द्र रजकको पहलमा बिदाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिदाइ भएर जाने शिक्षकहरूले विद्यालयले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेको सिकाइ सहजीकरण प्रक्रिया जहाँ गए पनि बिर्सन नसक्ने धारणा राखेका थिए । उहाहरूले शिक्षकको क्षमता वृद्धि र उत्प्रेरणामूलक कार्यमा विद्यालयले गरेको सहयोगले जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो गर्न सकिने परिस्थिति सिर्जना गरेको स्मरण गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र रजक , वार्ड अध्यक्ष राकेश राम, कमरेड समुह, तथा विद्यार्थीहरुले बिदाइ भएर जाने शिक्षकहरूलाई बधाई र शुभकामना दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?