राष्ट्रपति पौडेललाई हृदयघात

२०८० जेष्ठ ३०, मंगलवार १६:३२
२०८० जेठ ३० गते, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात (माइल्ड हर्टअट्याक) भएको छ । र, उनको एनजिओप्लास्टी गरिएको छ ।मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ । ‘श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल आउनुभएको थियो’। पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायत समस्या भएपछि अस्पताल पुगेका थिए । यस्तो अवस्थामा एकासी जे पनि हुन्छ भने कुरामा त्यहाँ का डाक्टर ले बताएका छन।समयमा अस्पताल आइपुग्नुभएकाले एनजिओप्लास्टी गरेर रक्तनली खोलेका छौं ।यसरी गर्दा दुई दिन अस्पतालमा नै राखेर चेक गर्नु पर्छ भने कुरा बताएका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
© 2026: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd




