मधेस प्रदेश सरकारको यस्तो छ: आगामी आर्थिक वर्षको बजेट

२०८० असार १, शुक्रबार १६:२६

जनकपुरधाम(कुमार पंकज) । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेशसभा बैठकमा आज शुक्रबार अर्थमन्त्री संजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकार चालु तर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३०प्रतिशत रहेको छ ।

यसैगरी पूँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात ५८.२५ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २० करोड अर्थात ०.४५ प्रतिशत रहेको र वित्तीय व्यवस्थापनतर्फ २० करोड अर्थात् ०.४५ प्रतिशत बजेट विनियोजन गरिएको अर्थमन्त्री यादवले बताए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको थियो । यो भन्दा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा करिब २ अर्ब कम बजेट प्रस्तुत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?