लैङ्िगक तथा यौनिक अल्पसंख्यक बिषयमा अन्तरक्रिया कार्यक्रम सप्पन्न

२०८० असार ७, बिहीबार १४:४३

जनकपुरधाम / असार ७ गते,
धनुषा जिल्लाको जनकपुरधाम उप महानगपालिकामा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।आज बिहिवार जनकपुरधाम उप महानगरपालिकाको सहयोग र सुनौलो बिहानी समाजको आयोजना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सुनौलो बिहानी सामजको संयोजक प्रदिक यादवको अध्यक्षता , प्रमुख अतिथि जिल्ला समन्वय समितिको अध्यक्ष राचन्द्र मण्डल, वरिष्ठ अतिथि जनकपुरधाम उप महानगरपालिका उपा अध्यक्ष किशोरी शाह, अतिथि प्रमेश्वर शाह, मनिषा कुमारी लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधि, अभियानकर्मी तथा सञ्चारकर्मी हरुको उपस्थित रहेको थियोे ।कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुर उप महानगरपालिका उप प्रमुख शाहले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरि सबै नगरपालिकाको सहयोग रहने र यो समुदायको हक अधिकारका सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।

वर्तमान समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले समाना गर्दै आईरहेका विभिन्न विभेद तथा अपहेलना लगायतका चुनौतीहरुका विषयमा वृहत छलफल एवं अन्तरक्रिया गरी त्यस्ता विभेदजन्य गतिविधिहरु विरुद्ध ठोस कदम चाल्न मधेश प्रदेश अन्तर्गत जनकपुरधाम का विभिन्न वडामा रहेका लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको सहभागितामा उक्त कार्यक्रयम सम्पन्न गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?