जनमत पार्टीले आफ्नो नेताहरुलाई कारबाही गरे

२०८० श्रावण ४, बिहीबार ०६:०३

२०८० ४ साउन, काठमाडौं । जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा  बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव  रहेका छन ।

माओवादी त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?