विभिन्न पार्टीका सयौं भन्दा बढी नेता कार्यकर्ताहरु जनमत प्रवेश

२०८० श्रावण १३, शनिबार १६:२९

चन्दन रजक
राजबिराज १३ साउन । जनमत पार्टी सप्तरीले जिल्ला समन्वय समितिको सभा होलमा आयोजना गरेको पार्टी प्रवेश तथा युवा जनमत संघको संगठन सुदृढीकरण अभियान कार्यक्रममा विभिन्न पार्टीका सयौं भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन।

शनिबार राजबिराज नगरपालिकामा आयोजित सभा कार्यक्रममा नेकपा माओवादी पुर्व वडा अध्यक्ष बिनोद यादव ,नरेश देव , मदिन खातुन र नेकपा माओवादी YCL अध्यक्ष बिरेन्द्र यादव र लोसपा महेश राई र नेपाली क्रग्रेस बिरेन्द्र चौधरी र जनता समाजवाद कमल किशोर साह सहितको पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन ।

उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि.के राउत र मधेश प्रदेशको शिक्षा तथा समाज कलियान मन्त्री महेश प्रसाद यादव प्रदेश कमिटी सदस्य सतिश सिंह र जनमत पार्टीको केन्द्रिय प्रवक्ता सरद सिंह भणडारी केन्द्रिय सदस्य सुरेन्द्र मधेसी संयुक्त रुपमा फुलमाला र अबिर लगाएर पार्टीमा भित्र्याउनुभएको छ। सो कार्यक्रममा जनमत पार्टी इन्चार्ज राम गमन साह र नरेश अधिकारी सहितको उपस्थितिसमेत रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?