२०८० साउन १५ काठमाडौँ,
आज बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरूङले जानकारी दिएका छन ।
बैठक १७ देखि २१ गतेसम्म चल्नेछ। बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरूङले बताए।
बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई जिम्मा दिइएको महासचिव गुरूङले बताए।






