प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ

२०८० भाद्र ५, मंगलवार १३:०७

शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका हुन्। शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायत उपस्थित छन्। संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेसँगै उनको शपथ भएको हो। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?