कृष्णाष्टमीको मुर्ति तोडफोड, अवस्था तनावग्रस्त

२०८० भाद्र १२, मंगलवार १२:५८

कृष्णाष्टमीको मुर्ति तोडफोड, अवस्था तनावग्रस्त
जिल्ला महोत्तरीको महदैयामा अहिले अवस्था तनावग्रस्त भएको छ । हिन्दुहरुको आस्थाको पर्व कृष्णाष्टमीको लागि निर्माण गरिएको मुर्ति तोडफोड भएपछि अवस्था तनावग्रस्त बनेको हो । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका वडा नं. ३ महदैया चोकस्थित अहिले अवस्था तनावग्रस्त बनेको छ । गएराती अज्ञात व्यक्तिहरुले मूर्ति तोडफोड गरेको भन्दै स्थानीयहरुले दोषीलाई पहिचान गरी कारवाही गर्न माग गरेको हो । सोही क्रममा हिन्दु सम्राट सेनाका सदस्यहरु महदैया पुगेर बितण्डा मच्चाएका छन् । स्थानीयहरुबीच मूर्ति तोडफोड गर्ने अराजक समूहलाइ पहिचान गरी कानुनी दायरामा ल्याउने छलफल भईरहँदा हिन्दु सम्राट सेनाका सदस्यहरुल त्यहा पुगेर धार्मिक द्धन्द्ध निमत्याउने गतिविधि गरेपछि अवस्था तनावग्रस्त बनेको स्थानीयहको आरोप छ । मूर्ति तोडफोडमा स्थानीय मुस्लिम समुदायको केही अराजक व्यक्तिहरुको सँलग्नता रहेको आशंका गरिएकोमा सोही अनुसार दुवै समुदायबीच छलफल भईरहेको अवस्थामा हिन्दु सम्राट सेनाले वातावरण खलल पारेको आरोप छ । स्थानीयहरुले दुई समुदायबीच नै बसेर छलफल गरी दोषी पत्ता लगाई कारवाहीको लागि छलफल गरिरहँदा हिन्दु सम्राट सेनाका सदस्यहरु लक्ष्मी साह, पुनम मण्डल, राजेश यादवलगायतका अन्य सदस्यहरुले जोर जबरदस्ती गर्न खोजेको आरोप स्थानीयको छ । उनीहरुले आफ्नै समुदायमा घटना मिलाउने कुरा भईरहँदा हिन्दु सम्राट सेनाले जबरदस्ती उचाल्न खोजेको आरोप छ । असामाजिक र साम्प्रदायिक घटना हुन् सक्ने भएकाले त्यहा अहिले सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?