जनकपुरधाममा नेविसंघका युवाहरुद्धारा प्रदर्श

२०८० भाद्र २१, बिहीबार ०६:३३

कुमर पंकज

जनकपुरधाम,२१ भाद्र । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथी  काठमाडौंमा भएको सँघातिक आक्रमणको विरुद्ध नेपाली कांग्रेस, नेवी सँघ, तरुन दल तथा विद्यार्थी सँघका युवाहरुद्धारा जनकपुरधाममा चक्काजाम गरेर प्रदर्शन गरेको हो । युवाहरुले टायर बालेर जनकपुरधामको रामानन्द चौकमा प्रदर्शन गरेको हो । गृहमन्त्री विरुद्ध नाराबाजि गर्दै युवाहरुले आफ्नो आक्रोश समेत व्यक्त गरेको छ्न । युवाहरूले भन्छन” गृहमन्त्री मन्त्रीले राजीनामा दिएन भने हामी सडक देखि सदनसम्म आन्दोलन गर्न तयार छौँ ।”

हिजो बिहिवार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको कार्यक्रममा बोलेर निस्कने क्रममा नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटाले यादव माथी खुकुरी प्रहार गरेको थियोे । चक्काजामका कारणले सर्वसाधारणलाई सास्ती खेप्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?