नाडा अटो सो मा : टाटाका तीनवटा गाडीहरू सार्वजनिक

२०८० भाद्र २७, बुधबार ०५:२४

२०८० भदौ २७ काठमाडौ ,

नाडा अटो सो मा टाटा मोटर्स प्यासेन्जर भेहिकल ले  तीनवटा गाडीहरू टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरेको छ ।

 नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटाका गाडीहरू टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको हो ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य विशेषताहरू रहेका छन् ।  जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन् । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य रु २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्टहरूको मूल्य यसप्रकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?