काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै राजनीतिक दलले देशका बारेमा गम्भीर भएर सोच्ने बेला आएको बताएका छन्। आफ्ना पार्टीका दिवंगत नेता सुवास नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रममा ओलीले सो धारणा राखेका छन।‘देशका बारेमा गम्भीर भएर सोच्नेबेला आएको छ। देशका समस्या समाधानका लागि सबै पार्टी एक ठाउँमा जुट्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘साँच्चै देशका निम्ति प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्छ,’ ओलीले भने।
उनले देशमा विभिन्न खालका हिंसा फैलाउने प्रयास भएको र एमाले त्यसको विपक्षमा उभिने बताए। ओलीले अहिलेको राष्ट्रिय राजनीति प्रतिशोधको राजनीति भएको समेत बताए का छन।





