पदकबाट इन्स्पेक्टर जोहारी विभूषित ‘नेपाल प्रताप सुभुषण’

२०८० आश्विन ३०, मंगलवार ०५:२३

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्र सिंह जोहारीलाई पदक प्रदान गरेका छन् ।सोमबार ६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी कुँवरले इन्स्पेक्टर जोहारीलाई ‘नेपाल प्रताप सुभुषण’ पदक प्रदान गरेका हुन् ।नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जमा कार्यरत रहेका बेला उत्कृष्ट काम गरेको भन्दै उनलाई सो पदक प्रदान गरिएको हो ।हाल उनी अछामको इलाका प्रहरी कार्यालय कमलबजारको कमाण्ड सम्हालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?