मुस्लिम भाषाको मदरसालाई बेवास्ता गरिएकोमा प्रभू साह आक्रोश

२०८० कार्तिक ४, शनिबार १५:०९

१.मदरसा ऐन तथा मदरसा बोर्डको लागि संघर्ष गर्ने आजपा अध्यक्ष प्रभु साहको प्रतिबद्धता

२.मदरसा ऐन तथा मदरसा बोर्डको हुन् जरूरी: प्रभू साह

३ .मुस्लिम भाषाको मदरसालाई बेवास्ता गरिएकोमा प्रभू साह आक्रोश

कार्तिक ४ गते
आम जनता पार्टीका अध्यक्ष तथा रौतहट निर्वाचन क्षेत्र नं ३ बाट निर्बाचित संघिय सांसद प्रभु साहले मदरसा ऐन तथा मदरसा बोर्डको लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । गृह निर्वाचन क्षेत्र नं ३ अन्तर्गत

आज (शनिबार) फतुवा विजयपुर नगरपालिका वडा नं ५ सन्तपुर दोस्तियामा आम जनता पार्टी द्वरा राखिएको महान पर्व दशै, दीपावली तथा छठ पर्वको शूभ अवसरमा अध्यक्ष साहले मदरसा ऐन र बोर्ड गठनको लागि संघर्ष गर्ने प्रतिबद्धता गरेका हुन् । उनले शिक्षामा देखिएको विभेद हटाउनुपर्नेमा जोड दिएका थिए । उनले सरकारी बिधालयमा एउटा पाठ्यक्रम र निजी बिधालयमा अर्को पाठ्यक्रम तथा अंग्रेज़ी भाषालाई सरकारी मान्यता र मुस्लिम भाषाको मदरसालाई बेवास्ता गरिएकोमा आक्रोश पोख्दै आएका छन् । त्यस किसिमको विभेदलाई हटाउन र मदरसाको मान्यता दिलाउन मदरसा ऐन तथा मदरसा बोर्डको स्थापना जरुरी रहेको निकालेको पनि उनले जनाएका छन् । आजै कटहरिया नपाको फतेपुर गरुडा नपाको महमतपुर र पिपरीयामा आजै कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागि आइटी आर्मीको केन्द्रीय सदस्य रामशरन यादवले जनाएका हुन।
उक्त शूभकामना कार्यक्रममा आम जनता पार्टीको सचीउ पूर्व संघिय सांसद महिला नेतृ समीना हुसेन, उप महासचिव उपेन्द्र साह, स्थाई कमिटी सदस्य रौतहट जिल्ला इन्चार्ज अमर साह, आम महिला मिर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता, महिला नेतृ रञ्जु साह, आम जनता पार्टीको नेता फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव, पूर्व उप प्रमुख कान्ति देबी महतो, कटहरिया नगरपालीकाको पूर्व मेयर सीयाराम कुस्वाहा लगायत अन्य नेता गणहरुको उपस्थीत थिएँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?