भोला यादव रौतहट
काठमाडौबाट मधेश प्रदेशको रौतहटको माधवनारायण नपा वडा न. ६ माधोपुर हुदै पिप्रा आउने रात्री बस बडिगार्डले माधवनारायण नगरपालिका ७ स्थित फुलबरिया गाउँमा आज बिहान करिब ५ बजेको समयमा घुर बालेर तापी रहेको समयमा अचानक बडिगार्ड नामक बसले ठाेकर दिदा स्थानीय ६५ वर्षिय ब्रहमदेव दासको घटनास्थल मै ज्यान गएको छ ।
सोही गाडी घरमा पस्दा सुतिरहेको अबस्थामा ५५ वर्षिय फेकु दास र ५० वर्षियय सुमित्रा देवी घाइते भएकी छिन ।
ठाेकर दिने गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतक लाइ पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।






