राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबार देखि महोत्तरी जिल्लाको जलेश्वरमा सुरु

२०८० मंसिर १०, आईतवार ०८:४९

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबार देखि महोत्तरी जिल्लाको जलेश्वरमा सुरु हुने भएको छ ।

बैठक यहिँ मंसिर ११, १२ र १३ गते सम्म चल्ने छ । तिन दिने बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिएको छ।

महासचिव मुकुल ढकालको अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?