विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

२०८० मंसिर १८, सोमबार १०:२६

आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँचै जनालाई सपथ गराएका हुन्।

मंसिर ५ गते न्यायपरिषद बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यहरूमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई तोक्न मन्त्रिपरिषद्लाई परामर्श दिएको थियो।

उनीहरु सबै उच्च अदालतका न्यायाधीश हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?