आज (मंगलबार) चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ

२०८० पुष ३, मंगलवार ०८:५१

भरतपुर महानगरपालिका-१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । पक्राउ पर्ने दुई जना मधे एक जना चालक र एक सहचालक हुन् ।

प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?